काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको छ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनीहरु निर्वाचित भएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले ३ हजार २३ र शर्माले १ हजार ९८४ मत प्राप्त गरेका हुन्।
त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले १ हजार १ हजार ५५६, प्रदीप पौडेलले १ हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याए भने शर्माले दोस्रो स्थानमा जीत हासिल गरेको छ। महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका २ महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार थिए।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १६:३३