बैतडी । लामो समयदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका बैतडीमा पत्रकार विनोद सिंह विष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित एको छ।
राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो ।
विष्टलाई सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेको हुन्।
मन्त्रालयले सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएकाे हाे।
बैतडीको दोगडाकेदार गाउँपालिका-३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रका क्रियाशिल पत्रकार हुन्।
पुरस्कारले खेलकुदको विकास र विस्तारमा कलम चलाउन उर्जा बढेको बताउदै सम्मानित भएका पत्रकार विष्टले पत्रकारिता क्षेत्रमा लागिरहन अझ जिम्मेवारी थपेको बताए।
सुदूरपश्चिम प्रदेशबाट विष्टसंगै मन्त्रालयले विभिन्न प्रदेशका गरि १० जनालाई सम्मान गरेको छ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८ १५:२९