काठमाडौ । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएको छ।
बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उनी ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएको हो। उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ। प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति छन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन्।
उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिए।
सतसठ्ठी पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ ०९:०२