काठमाडाै । इसाई धर्मावलम्बीको मुख्य चाड क्रिसमसको सुखद् अवसरमा प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
मुख्यमन्त्री राईलेले यस अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेको हो।
मुख्यमन्त्री राईले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभित्र चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास व्यक्त गरेको छ।
येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ।
हाम्रा जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भत्रे अपेक्षा पनि सन्देशमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८ ०९:२३