काठमाडौ । धितोपत्र बजारमा शेयरका कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक उच्च अङ्कले उकालो लागेको छ।
शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि भएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१।२० अङ्कले बढेर २ हजार ५९१।४२ मा पुगेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।३८ अङ्कले बढेर ४८२।७४ मा पुगेको छ भने कूल २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर ५ अर्ब १७ करोड ३२ लाख ५०३ मूल्यमा खरिद बिक्री भएका छन्।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ।
जलविद्युत् ३।४६ र वित्त २४।२ अङ्कले ओरालो लागेको छ भने बैंकिङ २०।४५, व्यापार २१।३३, होटल तथा पर्यटन ४८।४७, विकास बैंक ५१।५८, निर्जीवन बीमा ९०७।१, उत्पादन ३५५।३४, अन्य ५०।४३, १७२।६६, जीवन बीमा १, सामूहिक लगानी कोष ०।११ र लगानी २।३८ अङ्कले उकालो लागेको छ।
कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३२ करोड ७ लाख ४९ हजार ७३६ बराबरको कारोबार भयो भने हिमालयन डिस्टिलरी २६ करोड ६६ लाख ५२ हजार ६८५, नेपाल लाइफ इन्स्योरेन्स १९ करोड ७ लाख ५१ हजार, शिवम् सिमेन्ट १५ करोड ५२ लाख ७ हजार ३३९ र नेपाल दूरसञ्चार कम्पनी १३ करोड ३३ लाख २९ हजार ५३३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
लामो समयपछि विभिन्न २० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नेप्सेकाअनुसार नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सलगायत विभिन्न २० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ।
गुर्खाज फाइनान्स ५।५७, सनराइज फस्ट म्युचुअल फण्ड ३।११, माउण्टेन इनर्जी ३।११, ग्रीन हाइड्रोपावर २।९६ र विशाल बजार कम्पनीका लगानीकर्ताले २।९५ प्रतिशतले गुमाएका छन्।
कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ५५ अर्ब ३१ करोड ८४ लाख १५५ बराबर पुगेको छ।