टेकेन्द्र बोहरा
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका-३ पडेस दलित वस्तीमा खानेपानीको समस्या हुने गरेको छ।
गाउँमा दलितहरुको सङख्या धेरै भएको र खानेपानीको धारा एउटा मात्र भएका कारण खानेपानीको समस्या हुने गरेको त्यहाँका स्थानियहरुको भनाई रहेको छ।
स्थानिय बासिनदाहहरुका भन्छन्, 'गाँउमा १२ घरधुरिमा १ वटा मात्रै धारो छ त्यसमा भनेको समयमा पानी पनि आउँदैन पानी लिन धारामा घण्टौ लाईनमा वसेर १०/२० लिटर मात्र पाउने गरेका छौ। पानीका लागि अर्को टोलका स्थानियहरुसँङ्ग पानी मागेर खानुपर्ने कि त आधा घण्टा पैदल हिडेर कुवाको पानी ल्याउनुपर्ने बाध्यता छ।'
स्थानियवासी रवी दमाईका अनुसार खानेपानीका लागि खानेपानी उपभोक्ता समिति र नेताहरुलाई हार गुहार माग्दा पनि कसैले पनि चासो नदिएको चुनाव समयमा नेताहरु घरमै आई हात जोडेर तम्रा जे समस्या छन् हामी समाधान गरीदिन्छौ भोट दिनुहोस् हामी तपाईका समस्याहरु भोलि नै गरिदिन्छौ भन्थे हामीले पनि बुढाबुढिहरुलाई बोकेर भए पनि भोट हाल्न गएका थियौ तर ति नेताहरु जितेर गएपछि एक पटक पनि गाँउमा नआएको बताउँछन्।
त्यस्तै अर्का स्थानिय विरु दमाईले भने, मेयर साहेप पनि हाम्रै गाउँका हुन् जिल्लाका ठूला ठूला नेता पनि हाम्रा गाँउका छन् हामीलाई कसैले हेर्दैनन् आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई योजना बाँढ्ने गरेको छन् हामीलाई पानी दिनुहोस् भन्दा सेती नदीको लिफ्टिङ खानेपानी आउँछ आउँछ मात्र भनेर आश्वासन मात्र दिन्छन् तर पानी कहिले आउने हो त्यो हेर्न बाँकी रहेको बताए।
गाउँमा विभिन्न विभिन्न ठूला ठूला पार्टीका ठूला ठूला नेता निजामती कर्मचारी वसोवास गर्ने भएपनि दलित गरीव परिवारका समस्याहरु जस्ताका त्यस्तै रहेको पडेस युवा समाजका अध्यक्ष तथा समाजसेवी पवन खड्काले बताए।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८ २१:०९