भक्तपुर ।
भक्तपुर जिल्ला चित्तपोल गाविसको वडा नम्बर ५ मा कैलाशनाथ महादेव मन्दिर रहेको छ। काभ्रेपलाञ्चोक जिल्ला र भक्तपुर जिल्लाको सिमानामा रहेको यो महादेवको मूर्ति १४३ फिट अग्लो रहेको छ। त्यसो त सो मूर्ति विश्वकै सबैभन्दा अग्लो महादेवको मूर्ति भएको दावी पनि गरिएको छ।
यद्यपि गिट्टी बालुवा सिमेन्ट डण्डी प्रयोग गरिएको सो मूर्तिलाई घाम र पानीबाट बचाउन जिङक कोटेड गरेर तामालाई स्प्रे गरिएको छ। त्यसको लागि ६ हजार किलोग्राम तामा र जिङक प्रयोग भएको छ। ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यस मन्दिर क्षेत्रमा मारकाट, मदिरा र धुम्रपान निषेध गरिएको पनि बताइन्छ भने, करिब १५ करोड नेपाली रुपैयाँमा लगानी भएको हो।
वि सं. २०६१ सालबाट निर्माण थालनी गरिएको मन्दिरको उद्घाटन २०६७ साल असार ७ गते गरिएको हो। यो मन्दिरबाट भक्तपुर, काठमाडौं र अग्ला हिम श्रृंखलाहरुको मनोरम दृश्य पनि देख्न सकिन्छ। मन्दिरभित्र प्रवेश गर्नको लागि १ सय रुपैयाको टिकट काट्नु पर्ने व्यवस्था छ। सुन्दर वातावरण, अग्लो ठाउँ र काठमाडौं उपत्यकाका धेरै ठाउँहरु देखिने भएकाले पनि यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटनको लागि आकर्षणको केन्द्र विन्दु बनेको छ ।
विशेष गरी साउन महिना र पौष शुक्ल पूर्णिको दिनदेखि माघ शुक्ल पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्दछ। भगवान भोलेबाबालाई विभिन्न १०८ नामले पुकारिन्छ ।
ॐ भोलेनाथ नमः ॐ कैलाश पति नमः ॐ भूतनाथ नमः ॐ नंदराज नमः ॐ नन्दीकी सवारी नमः ॐ ज्योतिलिंग नमः ॐ महाकाल नमः ॐ रुद्रनाथ नमः ॐ भीमशंकर नमः ॐ नटराज नमः ॐ प्रलेयन्कार नमः ॐ चंद्रमोली नमः ॐ डमरुधारी नमः ॐ मालिकार्जुन नमः ॐ भीमेश्वर नमः ॐ विषधारी नमः ॐ बम भोले नमः ॐ ओंकार स्वामी नमः ॐ ओंकारेश्वर नमः ॐ शंकर त्रिशूलधारी नमः ॐ विश्वनाथ नमः ॐ अनादिदेव नमः ॐ उमापति नमः ॐ गोरापति नमः ॐ गणपिता नमः ॐ भोले बाबा नमः ॐ शिवजी नमः ॐ नीलकण्ठ नमः ॐ महाकालेश्वर नमः ॐ त्रिपुरारी नमः ॐ त्रिनेत्रधारी नमः ॐ त्रिलोकनाथ नमः ॐ बर्फानी बाबा नमः ॐ जगतपिता नमः ॐ मृत्युन्जन नमः ॐ नागधारी नमः ॐ रामेश्वर नमः ॐ लंकेश्वर नमः ॐ अमरनाथ नमः ॐ केदारनाथ नमः ॐ मंगलेश्वर नमः ॐ अर्धनारीश्वर नमः ॐ जटाधारी नमः ॐ नागार्जुन नमः ॐ नीलेश्वर नमः ॐ गलसर्पमाला नमः ॐ दीनानाथ नमः ॐ सोमनाथ नमः ॐ जोगी नमः ॐ भण्डारी बाबा नमः ॐ बमलेहरी नमः ॐ गोरीशंकर नमः ॐ शिवाकांत नमः ॐ महेश्वराए नमः ॐ महेश नमः ॐ आलोकनाथ नमः ॐ आदिनाथ नमः ॐ देवदेवेश्वर नमः ॐ प्राणनाथ नमः ॐ शिवम् नमः ॐ महादानी नमः ॐ शिवदानी नमः ॐ संकटहारी नमः ॐ महेश्वर नमः ॐ रुंडमालाधारी नमः ॐ जगपालनकर्ता नमः ॐ पशुपति नमः ॐ संगमेश्वर नमः ॐ दक्षेश्वर नमः ॐ घे्रनश्वर नमः ॐ मणिमहेश नमः ॐ अनादी नमः ॐ अमर नमः ॐ आशुतोष महाराज नमः ॐ विलवकेश्वर नमः ॐ अचलेश्वर नमः ॐ अभयंकर नमः ॐ पातालेश्वर नमः ॐ धूधेश्वर नमः ॐ सर्पधारी नमः ॐ त्रिलोकिनरेश नमः ॐ हठ योगी नमः ॐ विश्लेश्वर नमः ॐ नागाधिराज नमः ॐ सर्वेश्वर नमः ॐ उमाकांत नमः ॐ बाबा चंद्रेश्वर नमः ॐ त्रिकालदर्शी नमः ॐ त्रिलोकी स्वामी नमः ॐ महादेव नमः ॐ गढ्शंकर नमः ॐ मुक्तेश्वर नमः ॐ नटेषर नमः ॐ गिरजापति नमः ॐ भद्रेश्वर नमः ॐ त्रिपुनाशक नमः ॐ निर्जेश्वर नमः ॐ किरातेश्वर नमः ॐ जागेश्वर नमः ॐ अबधूतपति नमः ॐ भीलपति नमः ॐ जितनाथ नमः ॐ वृषेश्वर नमः ॐ भूतेश्वर नमः ॐ बैजूनाथ नमः ॐ नागेश्वर नमः
–सर प्रशान्त पाण्डेय (भारत )
हालको ठेगाना : शंखमूल, काठमाडौं
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८ ०८:५४