काठमाडौ । डिशहोमले यस बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो २ भाग्यशाली बिजेताको घोषणा गरेको छ।
२०७८ कार्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी थिए।
पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत CasID No. 02564078696 र 02558255824 छानिएका हुन्।
लक्की ड्र को प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो।
बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८ १५:०५