काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेड बाँसगढी शाखाले बाँसगढी नगरपालिकालाई बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोटबिरुवा संरक्षणका लागि ट्री गार्ड प्रदान गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपालिकालाई उक्त बोटबिरुवा संरक्षणका निम्ति १० थान ट्री गार्ड सहयोग स्वरुप प्रदान गरेको हो।
कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धनवहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ।
समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।
“सबल बैक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८ १७:१०