काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १५ हजार ३३ को नमूना परीक्षण गरिएको थियो। १० हजार ६४८ ले पीसीआर र ४ हजार ३८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ३१३ कोरोनाबाट निको भएका छन् भने निको हुनेको सङ्ख्या ८ लाख १४ हजार ७९८ पुगेको छ।
नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा ८ लाख ३५ हजार ९२७ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ९६७ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ।
पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ४८ हजार २३७ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ८ लाख ६५ हजार २२८ पुगेको छ।
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ४५७ रहेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको ५ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ।
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियुमा ९३ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८६७, संस्थागत आइसोलेसनमा ६५५ र क्वारेन्टिनमा ११३ रहेका छन्।
हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने २ सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलाली छन्।
शून्य सङ्क्रमित रहेका जिल्लामा मुस्ताङ र मुगु रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३ हजार ५२१, ललितपुर १ हजार ९० र भक्तपुरमा ६९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८ १८:४४