बतासले सम्हालेको आशा
हुरीले उडाएपछि
बत्तासिएको जीवन
चङ्गा झै बादल छुन
सच्चाप्रेमी नभेटि रुन
आँखाहरु उत्तेजित भइरहँदा
म टक्क रोक्किएर
सगरमाथासँग ठोक्किएर
एउटा आरोहीसँगै चुचुरो
पुग्ने चाहना राखी
सूर्य खोज्दै
अन्धकारबाट
मन मिल्ने साथी रोज्दै
घातलाई साथ लिएर
एक्लै हिँडिरहेको बेला
आमाको आकृति
एउटा मान्छेमा देखेर
केही कुराकानी मै
नीरस मनमा आशा जाग्यो
पवित्र प्रेमकी खानी
आमालाई झैं
नभाँचि नचुँडि
कुराको फूल दिएको
उनलाई काँडा झैं लाग्यो
नयाँ साथीको प्रेमले पनि
कलियुगलाई
जनाउँदो रहेछ
रम्दा रम्दै जीवनको दोस्रो बाटोको
शुरुवातमै मलाई फेरी घात भएछ
वास्तवमा जगतै भ्रम
तर आमा त आमा नै हुँदो रहेछ
पराईले गरेको घृणामा पनि
उनको निस्वार्थ प्रेम सम्झि
मन रुँदो रहेछ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८ २०:३९