काठमाडौ । महालक्ष्मी विकास बैंक बानेश्वर शाखाले नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामाग्री प्रदान गरेको छ।
बैंकको शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत वानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई उक्त सहयोग गरेको हो।
समाजकेन्द्रको कार्यालयमा आयोजित विशेष समारोहकाबीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामाग्रीहरु समाजकेन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङलाई हस्तान्तरण गरेको हो । समाजकेन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएको छ।
कार्यक्रम समारोहमा बैकको बानेश्वर शाखाका प्रबन्धक विकास रावलले यस प्रकारको सहयोगले समाजकेन्द्रमा रहेका बालबालिकाहरुको शारिरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
सोही अवसरमा बोल्दै केन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङले बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्नुका साथसाथै यस किसिमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताएका थिए।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको छ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले प्रतिवद्धता जनाएको छ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar cardजारी गरीसकेको छ।
समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंकः महालक्ष्मी विकास बैंक रहेको छ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८ १३:५९