काठमाडौ । महालक्ष्मी विकास बैंकले सञ्चालन गर्दै आइरहेको “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वका यस कार्यलाई निरन्तरता दिदै बैंककोे पालुङ शाखाले थाहा–७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ जना छात्र–छात्राहरुलाई ज्याकेट प्रदान गरेको हो।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबिच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले उक्त बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकोे हो।
जाडो बढेसँगै स्कूल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पुर्याएको बताउँदै विद्यालयका प्रधानाध्यापक प्रतापसिंह गोलेले बैंकले गरेको यस किसिमको अतुलनिय सहयोगप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै बालबालिकाहरु उत्साहित भएको बताएका थिए।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै हरेक नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको छ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यलेVISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ।
समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ।
कोभिडऔ ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्गमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल समेत गरेको छ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८ १९:११