काठमाडौ । डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण शुुरु गरेको छ।
सर्ट टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टिभी शुभारम्भ गरेका हो।
डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्ट टिभी लञ्च गर्ने दक्षिण एशियामा नेपाल दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए।
प्रवन्ध निर्देशक आचार्यले भने, "यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्न सक्ने बाटो खुलेको बताउँदै पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्लेटफर्मबाट आफ्ना दर्शकलाई खुशी पार्न लागेको हो।"
डिशहोमको च्यानल नं. ९२८ मा सर्ट मुभी हेर्न सकिने छ। यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किस, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ।
"अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट मुभी पुर्याउन समेत ठूलो सहयोग पुग्ने हामीले आशा लिएका छौं।" प्रवन्ध निर्देशक आचार्यको भनाई छ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८ १९:२५