काठमाडौ । डिशहोमले डिशहोम फाईबरनेट बिक्रेता र बिक्रिपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने आफ्ना डिलर दाईहरुलाई सम्मान गरेको छ।
डिशहोमले बिक्रेता र बिक्रिपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने डिलर दाईहरुलाई क्षेत्रीय कार्यालयमा एक एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरेको हो।
यसरी सम्मानित हुनेमा गण्डकी अञ्चलका पोखराका दिप एलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङजा जिल्लाका रञ्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट एलेक्ट्रोनिक्स, जनसेवा एलेक्ट्रोनिक्सलाई उपहार स्वरुप एक एक थान ल्यापटप, साथै बिक्रि पछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले प्रशंशा पत्र सहित सम्मान गरेको हो।
उक्त सम्मानित कार्यक्रम समारोहमा गोरखा, लम्जुङ्ग, स्याङजा, तनहुँ र कास्कीका डिष्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
डिशहोम फाईबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ । डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमवीपीएस निशुल्क इन्टरनेट सुबिधादेखि ६०० एमवीपीस सम्मको प्याकेज उपलब्ध रहेको छ।
सुपथ मूल्यमा इन्टरनेट जडान र जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोंग को उत्कुष्ट अनुभव पाउने कुरा डिशहोमको दावी रहेको छ।
डिशहोम फाईबरनेटप्रति दैनिक ग्राहकको आकर्षण बढ्नुको साथै बिश्वाश समेत बढिरहेको कुरा प्रदिप सुबेदीले जानकारी गराएका थिए।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८ १६:५६