काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा बसेको बैठकले पार्टीको विधानमा उल्लेखित झण्डाको मध्य भागमा गाई भएको भन्ने वाक्यांश हटाई अनुसूचीमा उल्लेख गर्न आयोगले दिएको पत्र संविधानको भावना र मर्म विपरीत रहेको ठहर गरेको नेता सुन्दर पाण्डेले जानकारी दिएको हो।
आयोगले दिएको पत्रकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले उपयुक्त समयमा जवाफ दिने जनाएको छ।
त्यसैगरी, आयोगले सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्र संविधान प्रतिकूल रहेकाले संविधानको धारा, २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनकूल हुने गरी उल्लेख गर्न पत्र जारी गरेको छ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १८:३६