काठमाडौं । सुमितदास रञ्जितको अध्यक्षतामा १६ सदस्यीय नेवा: ग्वहालि पुच: क्वने कमिटि गठन भएको छ।
नेवा: ग्वहालि पुच: क्वने द्वारा आयोजित कार्यक्रममा बिशेष अतिथिमा बिष्णु चित्रकार, अतिथि बिध्या चित्रकार, गोर्कि श्रेष्ठ र बाबुराजा प्रजापतिको आतित्थ्यतामा उक्त कमिटी गठन भएको हो।

गठित कमिटिमा उपाध्यक्ष किशोर सिख्राकार, सचिव सुमन मानन्धर, सहसचिव सुरज तन्डुकार र कोषाध्यक्षमा उजाला स्थापित चयन भएका छन् भने सदस्यहरुमा सज्दा शाक्य, लुना चित्रकार, रुजिना श्रेष्ठ, बिनोद सिंह, प्रसान्त खद्गी, सुरेश महर्जन, रेगन रन्जित, पवन श्रेष्ठ, रचना कर्माचार्य रन्जित, रुपक श्रेष्ठ र बिक्रम शाक्य रहेका छन्।
कार्यक्रम समारोहमा नेवा: राजनीतिक अभियानका संरक्षक बिष्णु चित्रकारले आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने बिध्या चित्रकारले अहिलेसम्म धेरै ग्वहालि पुच:हरु हेरेँ तर यस क्वने ग्वहालि पुच: मा सम्पूर्ण युवाहरु भएकोले यस समूहबाट ठूलै समाज सुधार हुनेमा आफू विश्वस्त रहेको बताउँदै नेवा: हक अधिकार बारे प्रष्ट पारेका थिए।

सभाअध्यक्ष सुमित दास रन्जित्कारले हाम्रो भूमि हाम्रो अधिकार, हामीलाई आईएलओ १६९ ले अधिकार दिएको कुरा बुझेर जान्न सक्यौं भने हाम्रो आदिबासीहरुको हक, अधिकार र रक्षाको निम्ति आवाज उठाउन जरुरी रहेको वताएका थिए।
रन्जितकारले हामीले आफ्नो मातृभाषा हाम्रो घर-घरमा बोल्न छोडेको अवस्था भएकोले आफ्नो भाषालाई बचाई राख्न आव्हान गर्नुको साथै चोक, बहाल, ननिहरु हाम्रो देशको सम्पदालाई हामीले संरक्षण गरी हाम्रो संस्कृतिलाई जोगाएर पुस्ता हस्तान्तरण गर्नु पर्नेमा जोड दिएका थिए। त्यस्तैगरी कार्यक्रम समाराेहमा रितेश मल्ल र मनिस मानवले आ-आफ्ना मन्तव्य राखेका थिए।


नेवार समुदायबीच आपसी भाइचारा एकता तथा सदभाव कायम गर्न तथा हाम्रो संस्कृति हामीले नै बचाउनु पर्छ भनी नेवा: ग्वहालि पुच: क्वने द्वारा आयोजित कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ २१:४०