काठमाडौ । महालक्ष्मी विकास बैंक तिनचुली शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
बैंककोे तिनचुली शाखाले एक विशेष कार्यक्रमकाबिच स्पोट स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालिका-६ तिनचुली ̵ आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।
काठमाडौ उपत्यकाको खाली ठाउँहरुमा वृक्षारोपणका साथै वोटबिरुवाको संरक्षण गर्नाले प्राकृतिक संन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउदै महालक्ष्मी विकास बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका-९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद ज्ञापन गरे।
सोही कार्यक्रम को अवसरमा बोल्दै तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानिय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने कुराको जानकारी गराए।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ।समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको छ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यकासाथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ।
कोभिड ̵ १९ को जोखमिलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८ १६:४५