टेकेन्द्र बोहरा
बझाङ । बझाङ जिल्लामा वडा अध्यक्ष र सचिवलाई दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा ४ जनाको नाममा मुद्दा दर्ता भएको छ।
आइतबार बझाङको वित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेर दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराएको हो।
दुव्र्यवहार गर्ने कार्यमा सँङ्लग्न जयपृथ्वीनगरपालिका वडा नँ ७ का २३ वर्षीया विनोद बमलाई पक्राउ गरी आफन्तको जिम्मामा छोडेको छ।
त्यस्तै दुव्र्यवहारमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका विप्लव जयपृथ्वीनगरपालिका वडा नँ ९ देवलका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
आफू धरान बजारमा स्थानीयहरूसँग कुरा गरिरहेको वेला वडा सचिव र अध्यक्ष को हो भनेर सोधेपछि हामी हौ भन्दा काम छ यता आउनुहोस् भनेर लिएको र पछि कालोमोसो दलेको वडा अध्यक्ष मल्लले बताए।
बिथ्थड चिर गाउँपालिका, नेपाल निजामती कर्मचारी युनियन बझाङ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले राजनीतिक आस्थाको भरमा दुव्र्यवहार गरेकाले दुव्र्यवहारमा संलग्न सबैको कारबाहीको माग गरेको छ।
आजै वडा अध्यक्ष मल्ल र सचिव अवस्थीले सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दुव्र्यवहार गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८ १९:००