टेकेन्द्र बोहरा
बझाङ। कोरनाभाईरस (कोभिड-१९) काे सङक्रमणलाई मध्येनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालय बझाङले आलोपालो सेवा दिने भएको छ।
कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरनाभाईरस (कोभिड-१९) सङ्क्रमण भएका कारण आलोपालो सेवा प्रदान गर्ने भएको हो।
कार्यालयले एक सुचना जारी गर्दै मङगलवार आजवाट लागू हुने गरी आलोपालो सेवा दिईने घरेलु तथा साना उद्योग कार्यालय बझाङले जनाएको छ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आईतवार र सोमवार बुगल नगरपालिका,साईपाल गाँउपालिका, वित्थडचिर गाँउपालिका र केदारस्यु गाँउपालिका, मगलवार र वुधवार जयपृथ्वीनगरपालिका सुर्मा गाँउपालिका मस्टा गाँउपालिका र तलकोट गाँउपालिका सेवा दिईने भाएको छ।
त्यस्तैगरी बिहिवार र सुक्रवार खप्तडछान्ना गाँउपालिका, थलारा गाँउपालिका, छविसपाथिभरा गाँउपालिका र दुर्गाथली गाँउपालिकाले सवै प्रकारका सेवा पाईने जनाएको छ।
कार्यालयमा आउँदा सेवा ग्राहिहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र कोभिड-१९ विरुदको खोप लगाएको हुनुपर्ने जनाएको छ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८ २०:५०