म त तिमी भित्र भित्रै भुलेकी मान्छे
तिम्रो आलिङ्गनमा जुन झै खुलेकी मान्छे
तिमी मलाई धनी हुनुले फरक पार्दैन
तिमी अती गरिब हुँदा फरक पर्दैन
म त तिम्रो मन भरी हुलिएकी मान्छे
तिम्रो मन मस्तिष्कमै चुलिएकि मान्छे ।।!
तिम्रा शब्दका गहिराईमा डुबेकी हुँ म
तिम्रा भावनाको लहरमा बगेकी हु ँम
तिम्रा सपनाका सहरमा डुलेकी मान्छे
तिम्रै जीवनको रङ्गमा घुलेकी मान्छे।।!!
तिम्रा एकल खुशीमा म डबल हुन्छु
तिम्रो जीतहरुमा म सफल पो हुन्छु
संसार त्यागेर तिमीमा भुलेकी मान्छे
तिम्रो जीवनको बागमा फुलेकी मान्छे ।!!!
म त तिमी भित्र भित्रै भुलेकी मान्छे
तिम्रो आलिङ्गनमा जुन झै खुलेकी मान्छ
-रञ्जना न्यौपाने
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८ १२:०३