टेकेन्द्र बोहरा
बझाङ । बझाङ जिल्लामा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेकोे छ।
बिहिवार रातीदेखि बर्षा र हिमपात परेको कारण बझाङ जिल्लावासीको जनजीवन प्रभावित बनेको हो।
जिल्लाको बुगल नगरपालिका साईपाल गाँउपालिका मस्टा, सुर्मा छविस तलकोट केदारस्यु, थलारा, विथ्थडचिर खप्पतडछान्ना गाउँपालिकाको जनजिवन प्रभावित बनको त्यहाँका स्थानियहरुले बताएका छन्।

स्थानियहरुका अनुसार हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या साईपाल गाँउपालिकाका स्थानिय बिरेन्द्र बोहराले बताए।
बोहराका अनुसार भारी हिमपातका कारण वाहिर निस्कनै समस्या भएको बताए। त्यस्तै अर्का स्थानिय इस्वरी बोहराले भने पशुचौपायाहरुलाई खुवाउनको लागि जम्मा पारेको घाँस सवै सकियो बाहिर निस्कन सकिदैन पशुु चौपायाहरुलाई के खुवाउने भन्ने चिन्ता लागेको बताए।
हिमपातका कारण बझाङ जिल्ला जोड्ने एक मात्र राजमार्ग जयपृथ्वी राजमार्ग अवरुद्घ बनेको छ भने नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु पूर्णरुपमा अवरुद्ध भएपछि जिल्लाको जनजीवन अस्तव्यस्त भएकोछ ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८ १२:२१