जवाफ विहिन प्रश्नको खात लागेपछि
सापेक्षता र निरपेक्षताको मात लागेपछि
राखि कर्तव्यको जडशिला अन्तरमनमा
जिन्दगी खोज्न निस्कियो उ घात लागेपछि
विक्षिप्त जिन्दगीको दुरी नापिरहेछ बबुरो
प्रेमको बदलामा उल्टै बात लागेपछि
तारा गन्ने रहरहरु ओइलिएर झरे कतै
घमाइला दिन नै काला रात लागेपछि
आँटिलो संसार जित्ने हिम्मत डगमगायो
गर्दा गर्दै सत्कर्म शुन्य हात लागेपछि
-पिपला ढुंगाना
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८ १९:३५