उ के गर्दै होला ? एतिबेला
सम्झँदै मैलाई होला कि
हराउँदै आफैँमा होला ?
म त
म त सम्झिएरै हराउछुँ उसैमा
साँच्चै उ पनि हराएरै सम्झँदो हो त ?
उ के गर्दै होला एतिबेला ??
त्यो थुम्को माथि को बादलु ले
उसकै झझल्को दिलाई रहेछ
उसले पनि हेर्दै होला कि
बिर्सियो होला ?
हाम्रो माया
उसले मलाई सम्झे पनि
या नसम्झे पनि
म त उसकै आकृति मनभरि सजाएर
बिर्सिरहेछु आफ्नो धरातल !
डाँडा को सल्लाको रुख
ढल्यो होला कि उस्तै होला ?
म त उसै गरि नाम कोरिरहेछु
सल्लेबिर को जङ्गल भरि
साँच्चै उ मलाई बिर्सेर पनि सम्झँदो हो कि
सम्झेर पनि बिर्सँदो हो ?
आज केतुकेको झाङ देखेँ
म त चुर्लुम्म डुबेछु
त्यही झाडिमा
चसक्क बिझाउने गरि
उसको यादको इतिहास
उसलाई पनि
दुख्यो होला त मेरो
चहराउने घाउहरु ले ?
-पिपला ढुङ्गाना
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८ १७:०५