काठमाडौ । बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा.लि. ले सम्पूर्ण सुविधा सहित नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनीसगै बजाज मोटरसाइकल शोरुप तथा सर्भिस सेन्टरु संचालनमा ल्याएको छ।
बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि को नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो।
यहाँ मोटरसाइकल सर्भिसिङ सेन्टरमा १५ बर्षदेखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सञ्चालक दिलिप आचार्यले वताए।
यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी छ। एक दिनमा २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालयको समेत रहेको सुविधा छ।
नयाँआउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिज का लागि समेत सहज बनाउने कम्पनीले बताएको छ।
टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै ब्रदर्श अटोका संचालक बिनोद चौलागाईंले भने, टोखा आउट लेटमा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं।
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८ १९:५२