काठमाडौ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रबद्र्धन कोष” मार्फत कोहलपुर नगरपालिका-१५, बाँकेस्थित शम्सेरगञ्ज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु सहयोग गरेको छ।
त्यस्तैगरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौस्थित पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरु गरेको छ।
शम्सेरगञ्ज स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर केसीद्वारा कोहलपुर नगरपालिकाऔ-बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरिक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।

बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, काठमाडौ श्रेत्रका क्षेत्रीय प्रमुख दिलिप राज बराल र बैंकका रातोपुल शाखा प्रबन्धक प्रज्ञा कँडेलले संयुक्त रुपमा पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्याँस गिजरहरु हस्तान्तर गरेको हो।
नेपाली समाजमा स्थानिय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नका लागि सहयोगी बन्ने मूलउद्येश्यबाट निर्देशित “हाम्रो विकास प्रबद्र्धन कोष” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १०९ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ६२ वटा एटीएम काउण्टरमार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ भने आगामी दिनहरुमा पनि यसैगरी सामाजिक कार्यहरुलाई निरन्तर सहयोग गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८ २१:१२