काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ।
माघ २७ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ।
शोरुम उद्घाटन कार्यक्रम समारोहमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटा, दिनेश रतन र अनिल ठाकुर रहेको थियो भने सि।एम। ट्रेडिङ्गको तर्फबाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिति रहेको थियो।
विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ईलेक् ट्रोहोम डिटीएच नेटवर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोेरुममार्फत दिनेछ।
दुई सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डिटीएच नेटवर्र्कले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मदत गर्ने ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कका सञ्चालक सरोज लामिछानेले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८ १३:१९