काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको गण्डकी प्रदेश भेला संपन्न भएको छ। पोखरामा महासंघको गण्डकी प्रदेश भेला संपन्न भएको हो।
भेलाले महासंघको गण्डकी प्रदेश तदर्थ समिति पनि सर्वसम्मत रुपमा गठन गरिएको छ। निश्चल पोखरेलको अध्यक्षतामा गठित गण्डकी प्रदेश तदर्थ समितिमा गण्डकी प्रदेशका दशवटै जिल्लाका १३ सदस्यीय सदस्य रहेको छ। महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संपन्न गण्डकी प्रदेश भेलाले हेभी इक्विपमेन्ट व्यवसायीहरुका जल्दाबल्दा समस्याहरुको निराकरण गरेर हल गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।
त्यस्तै, महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा नै कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघको सातौं साधारण सभा तथा चौथो अधिवेशन संपन्न भएको छ। कार्यक्रमको सभापतित्व जिल्ला संघका अध्यक्ष निश्चल पोखरेलवाट भएको थियो । अधिवेशनवाट बालकृष्ण कोइराला अध्यक्षमा निर्वाचित बनेका थिए । पोखरामा नै महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा पूर्णकालिन बैठक संपन्न भएर महासंघको वर्तमान तथा भावी रणनीतिका वारेमा बृहत छलफल भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ २०:५३