ललितपुर । कोभिड–१९ विरुद्धको खोप हो। पहिलो र दोश्रो मात्राको खोप लगाइसकेकाहरुलाई सरकारले तेश्रो बुस्टर खोप पनि लगाइदिने कार्य भैरहेको छ।
स्थानीय निकायका जनप्रतिनिधिहरुको प्रत्यक्ष संलग्नताले यस कार्यमा प्रभावकारिता आएको छ। यसमा अग्रपंक्तिमा ललितपुर महानगरपालिका वडा नंबर ५ देखिएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा हुंदैगरेको कोभिड–१९ विरुद्धको खोप अभियानले सोमवार पनि निरन्तरता पाएको छ।
सोमवार महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा आयोजित कार्यक्रममा १२ बर्षभन्दा माथिका लागि पहिलो र दोश्रो खोप तथा दोश्रो खोप लगाएको ६ महिना पुगिसकेका सवैलाई बुस्टर खोप लगाउने कार्य भएको वडा अध्यक्ष श्रेष्ठले बताएका छन्। अध्यक्ष श्रेष्ठका अनुसार, करिब एक हजारजनालाई सवैखाले खोप लगाउने कार्य भएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ २२:१५