काठमाडौ । महाशिवरात्रिको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा शिविर सञ्चालन गरेको छ ।
हिन्दुहरुको महानपर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको हो।
महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा आएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले शिविर सञ्चालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए।
केदारेश्वर म्न्दिर दर्शन गर्न पुगेका व्रतालु तथा भक्तजनहरुले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दै खुशी व्यक्त गरेका थिए।
महाशिवरात्रिमा केदारेश्वर मन्दिर आएका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरुलाई चिया, फलफुल तथा पानी वितरण गरिएको थियो।
विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले प्रतिवद्धता जनाएको छ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ।
समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ।
कोभिड ̵ १९ को जोखिमलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्गमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल समेत गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८ २१:४३