काठमाडौ । बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले आज दिउँसो एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो।
प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८ २२:३५