काठमाडौ । नेक्सस स्कूल र मनकामना स्कूल छैटौं अर्किड कप सेभेन ए साइड अन्तरबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा फाइनल प्रवेश गरेका छन् ।
काँडाघारीस्थित अर्किड स्कूलको आयोजनामा भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा नेक्ससले केभिएसलाई २–१ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।
नेक्ससको जितमा अमिष थापामगरले २ गोल गरे भने केभिएसका लागि रोजल कार्कीले १ गोल फर्काए पनि हारलाई टार्न सकेनन्।
प्रतियोगितामा केभिएसका बिशाल दर्नाल म्यान अफ द म्याच घोषित भए । अव नेक्ससले उपाधिका लागि मनकामनासँग प्रतिस्पर्धा गर्नेछ।
अर्को सेमिफाईनल खेलमा मनकामना स्कुलले टाई ब्रेकरमा अक्क्षरिकालाई ११–१० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो।
निर्धारित समय सम्म खेल १–१ गोलको बराबरीमा समाप्त भए पछि खेलको छिनोफानो टाईब्रेकरमा भएको थियो।
मनकामनाका मानव बोमजन र अक्क्षरिकाका रविन मगरले गोल गरेका थिए । अक्क्षरिकाका राज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको फाईनल खेल भब्यताकाबिच सम्पन्न हुने आयोजकले जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ २१:३३