नेपालको सुदूर पश्चिम प्रदेश अन्तरगत पर्ने डडेल्धुरा जिल्ला एउटा सुन्दर जिल्ला हो । यस प्रदेशका ९ वटा जिल्ला मध्ये डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा जाने बाटो यही डडेल्धुरा जिल्ला हुँदै जान्छ। सुदूरपश्चिम प्रदेशको हिल स्टेशनको रुपमा रहेको अनि माथि उल्लेखित ६ वटा जिल्लाको प्रवेश विन्दुको रुपमा रहेको डडेल्धुरा जिल्लाको महत्व सुदूरपश्चिममै बिशेष रहेको छ।
बिद्यार्थी जिवनदेखि राजनीतिमा सक्रिय सहभागिता रहेको डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश विकास भट्ट अखिल क्रान्तिकारीमा आबद्ध रहि वाइसियलमा संलग्न तथा जनमुक्ति सेनामा काम गर्दै पार्टीका विभिन्न जिम्मेवारी निभाउँदै तत्कालिन जनअदालतको प्रमुख समेत भएर काम गर्दै अध्यक्षको रुपमा काम गर्दै आफूलाई जनताको प्रिय जनप्रतिनिधिको रुपमा स्थापित गरिसकेका छन् ।
निर्वाचित हुनु जुन किसिमको प्रतिबद्धताहरु भएका थिए, सोही अनुरुप कामहरु नभएका होइनन्, तर निर्वाचित भएर आएपछिको अवस्थामा काम गर्ने सहज वातावरण थिएन, उनी थप्छन् न कानुन थियो, न त कार्यान्वयन नै हुन्थ्यो। न त भवन नै थिए न त कर्मचारी नै । गाउँपालिका बनिसकेपछि स्थानिय सर्वसाधारणहरु अलमलमा थिए, यो गाउँविकास समितिको नयाँ स्वरुप हो वा जिविस । जब कि संविधानले नै फरक किसिमबाट व्याख्या गरिसकेको अवस्था थियो।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका तीनै अधिकारबाट बनेको अधिकार सहितको संरचना थियो। त्यही अनुसार स्थानिय जनतालाई बुझाउने काम गरिएको बताउँछन् अध्यक्ष भट्ट । आर्थिक, सामाजिक, भौतिक लगायत सबै क्षेत्रमा विकास निर्माणका कामहरु गरेर स्थानिय जनतालाई सन्तुष्ट बनाएको बताउँछन्।
अध्यक्ष भट्टले भने, “हाम्रो जस्तो भौगोलिक विकटता भएको ठाउँमा महिलाहरुको लागि सिपमूलक कार्यक्रम तथा आयमूलक कार्यक्रम, लोकसेवाका कक्षा सम्बन्धि तालिमहरु दिएर आत्मनिर्भर बनाएका छौं। त्यति मात्र होइन कतिपय महिलाहरु राजनीतिक रुपमा पनि अघि बढ्नु भएको छ।”
जनचेतनामूलक कार्यक्रमहरु ल्याएर महिलालाई अगाडि बढ्न सहयोग गरेको बताउँछन्। स्थानिय सर्वसाधारणको पनि प्रसस्त साथ र सहयोग पाएको र यो गाउँपालिका गुनासो रहित गाउँपालिका हो भन्दा फरक नपर्ला उनी गर्वका साथ भन्छन्।
नेपालका युवाहरु जो विदेश पलायन हुने अवस्था छ, त्यसमा पनि यहाँबाट छिमेकी मुलुक भारत नजिक पर्ने भएकोले भारत पलायन हुनेको संख्या धेरै छ । अब भने नेपालमै स्वरोजगार हुने अवस्था ल्याएर नेपालका युवा नेपालमै आत्मनिर्भर हुने खालका कार्यक्रमहरु ल्याएका छौं । उनीहरुको क्षमता र दक्षता अनुसार तालिम दिएर स्वदेशमै रोजगारी दिने योजना रहेको छ अध्यक्ष भट्टले भने ।
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८ १५:२४