काठमाडौ । महालक्ष्मी विकास बैंकद्घारा ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यवस्थापनका लागि स्वचालित विद्युतिय आरओ प्लाण्ट हस्तान्तरण गरेको छ ।
महालक्ष्मी विकास बैंक पकडी शाखाले एक विशेष कार्यक्रमकाबीच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यवस्थापनका लागि स्वचालित विद्युतिय आरओ प्लाण्ट हस्तान्तरण गरेको हो ।
स्वस्थ जीवन यापनका लागि शुद्घ खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आरओ प्लाण्ट हस्तान्तरण गरिएको बताए।
उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानियहरुकोे उल्लेखय उपस्थिति रहेको थियो ।
विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक तथा आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यसैगरी सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८ २२:०१