काठमाडौ। महालक्ष्मी विकास बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका-१९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ।
सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासकासाथ उक्त प्रयोगशालाका सामाग्रीहरु प्रदान गरिएको पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले जानकारी गराएको हो।
पोखरा, चिप्लेढुङ्गा हेम्जास्थित एक विशेष कार्यक्रमको आयोजना गरी उक्त विज्ञान प्रयोगशालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो ।
विगत २७ वर्षदेखि अनवरत रुपमा गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ।
महालक्ष्मी विकास वैंकले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपालभर छरिएर रहेका १०३ शाखाहरुमार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने जनाएको छ।
साथै, बेंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्धि खाता सञ्चालनमा ल्याएको छ।
वार्षिक व्याजदर ८.५५% रहेको यस खाता न्यूनतम मौज्दात रुपैयाँ ५१ मा नै खोल्न सकिने छ भने यसमा ५ लाखसम्मको दुर्घटना विमा, निःशुल्क मोवाइल वैकिङ्ग, निःशुल्क एटिएम कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ १८:१०