काठमाडौ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महालक्ष्मी विकास बैंक बेलौरी शाखाले महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाई १७० थान गमला सहयोग गरेको छ ।
क्याम्पस प्राङ्गरणमा आयोजित विशेष कार्यक्रमकाबिच क्याम्पसलाई गमला प्रदान गरेको महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक राम बहादुर विकले जानकारी गराएको हो।
क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पु¥याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए।
उक्त गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिइ सहयोग गरेकोमा महालक्ष्मी विकास बैङ्कले गरेको कार्यको खुलेर प्रसंशा गरेका थिए।
आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ।
विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गरी विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु सञ्चालन गर्दै आइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८ १४:५३