काठमाडौ । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो।
आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए। सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।
खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्री किकमा सुमनले गोल गरेका थिए। पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्काएका थिए। भने उसका लागि सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरेका थिए।
दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो। ६०औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पु¥याएका थिए।
८०औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाएका थिए। ८४औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे भने उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन्।
स्टार खेलाडी गुमाएको सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन। ५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दीपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाएका थिए।
आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना ग¥यो । छैटौँ मिनेटमा आर्मीका दीपक गुरुङको प्रहार आकासियो। १५औँ मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट वञ्चित भयो।
२५औँ मिनेटमा टङ्क बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाएका थिए। ४१ औँ मिनेटमा टङ्क बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो। ५८औँ मिनेटमा सन्तोष तामाङको प्रहार फस्र्टबारमा लागेर फर्कियो ।
अन्तिम सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र सङ्कटा क्लबबीच हुदैछ। आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो ।
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८ ११:०३