तनहुँ । हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन संपन्न भएको छ। प्राकृतिक रमणिय नगरी बन्दीपुरमा शनिवार हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन संपन्न भएको हो।
तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनवाट खिन्त वहादुर भण्डारी (भरत) नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ। जसअनुसार, खिन्त वहादुर भण्डारी (भरत) अध्यक्ष, बरिष्ठ उपाध्यक्ष ज्ञानेन्न्द्र बसौंला, उपाध्यक्ष विजय घिमिरे, सचिव श्रीवहादुर आले, सह–सचिव संगीत घिमिरे, कोषाध्यक्ष सलिम मिया र सदस्यहरुमा सुरेन्द्र वहादुर अधिकारी, श्रीवहादुर कुँवर, निरज रावल, भीमवहादुर राना र कृष्णवहादुर दरै छन्।
हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा बन्दीपुर गाउंपालिकाका अध्यक्ष पूर्णसिंह थापाको विशेष आतिथ्यता र हेभी इक्विपमेन्ट व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, महासचिव सुरेश खत्री, नेपाली कांग्रेसका जिल्ला सदस्य शिव खत्री, नेकपा एमालेका ईश्वरवहादुर विष्ट, एकिकृत समाजवादीका मंगलप्रसाद श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँले हेभी इक्विपमेन्ट व्यवसाय क्षेत्रमा गर्दैआएको प्रगतिको दिल खोलेर तारिफ गर्दै विद्यमान हेभी इक्विपमेन्ट व्यवसायीहरुको समस्यालाई सरकारले तत्काल संवोधन गर्न र गराउन आवश्यक भएको कुरामा विशेष जोड दिएका थिए।
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८ २१:०६