काठमाडौ । भिभोले वार्षिक भिभो विकासकर्ता सम्मेलन एन्यूअल भिडियो डेभ्लपर कन्फरेन्स मा प्राविधिक प्रगतिका श्रृंखला प्रस्तुत गरेको छ।
ब्राण्डले प्रयोगकर्ता–उन्मुख रणनीतिलाई रेखाङ्कित गर्दै प्रणाली कार्यसम्पादन, एप्लिकेसन सेवाहरू, आईओटी र उद्योग अवसरहरूमा कम्पनीले एक व्यापक इकोसिष्टमको रूपरेखा झल्किने शक्ति प्रदर्शन गरेको हो।
“सन् २०२१ भिभोका लागि आवश्यक परिवर्तनहरू ल्याउने वर्ष सावित भयो, किनकि हामीले आफूलाई गुणस्तरीय उत्पादनको सृजनाकर्ताबाट प्रविधि र हाम्रो डिजाइन दर्शनद्वारा सशक्त परिवर्तनवादी उत्पादनहरूका निर्मातामा रूपान्तरण गरेका छौं,” सन् २०२१ को भिभो विकासकर्ता सम्मेलनमा आविष्कारहरुतर्फ अग्रसर गर्ने कम्पनीको प्रयोगकर्ता–उन्मुख रणनीतिको महत्वलाई विशिष्ट रुपमा दर्शाउदैं भिभोका वरिष्ठ उपाध्यक्ष शि युजियानले भने,
“हामी आशा गर्छौं कि हाम्रा प्रयोगकर्ताहरूले भिभोप्रतिको आफ्नो दृष्टिकोणलाई “भिभो उत्पादनहरू छनौट गर्ने” बाट “भिभो उत्पादनहरूलाई माया गर्ने मा रूपान्तरण गर्नेछन् । र, हाम्रा सन्तुष्टित प्रयोगकर्ताहरूलाई हामी उत्पादन एम्बेसेडरमा परिणत हुने आशा गर्छौं, जसले हाम्रा उत्पादनहरू आफ्ना साथीहरू र परिवारलाई प्रयोग गर्न सल्लाह दिनेछन्। हाम्रा उत्पादनहरू मार्फत, हामी एक उच्च पहिचान योग्य र अद्वितीय ब्रान्ड निर्माण गर्दैछौं,” उनले भने ।
"कम्प्युटिङ कार्यसम्पादनलाई अझ राम्रो बनाउन र पावर खपतको दक्षता बढाउनको लागि, भिभोले उच्च रियल–टाइम कम्प्युटिङ इञ्जिन, इन्टेलिजेन्ट शेड्युलिङ कम्प्युटिङ इञ्जिन र उच्चगतिको डाटा–चेजिङ–लोडिङ कम्प्युटिङ इञ्जिन सहित कम्प्युटिङ इञ्जिनहरू डिजाइन गरेको छ।" भिभोका उपाध्यक्ष तथा भिभो आर्टिफिसियल इन्टेलिजेन्स ग्लोबल रिसर्च इन्स्टिच्युटका प्रमुख झोउ वेईको भनाई थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८ १७:१०