काठमाडौ । डिशहोमले शुरुवात गरेको डिशहोम फाईवरनेट प्रयोगकर्ताको सङ्ख्या एक लाख पुगेको छ।
चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर शुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख प्रयोगकर्ता सङ्ख्या पुर्याउन सफल भएको हो।
डिशहोम फाईबरनेट प्रयोगकर्ता अथवा ग्राहक एक लाख पुगेको अवसरमा डिशहोम कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अव देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राखेका हुन्।
आउँदो समयमा ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेकोमा केक काटेर खुशियाली मनाएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८ १७:४१