काठमाडौ । महालक्ष्मी विकास बैंक दरवारमार्ग शाखाले नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागि ५० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।
काठमाडाै नक्शालस्थित नन्दी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबिच उक्त सहयोग रकम प्रदान गरेको हो।
विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा, शारीरिक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको महशुस गर्दै कोभिड ̵ १९ को जोखिमलाई समेत न्यूनिकरण लगायत अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले सहयोग प्रदान गरिएको दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए।
महालक्ष्मी विकास बैंकको सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको स्वस्थ जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको जानकारी गराउदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरेका थिए।
बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमितकुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकाले गुणस्तरिय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउदै यस सहयोगले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका थिए।
आगामी दिनहरुमा पनि बैंकले यस्तैगरी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ।
विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले “एकशाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
अनि यो पनि :
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८ १८:२३