काठमाडौ । नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ।
झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
उपाधिका लागि आर्मीका टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक/एक गोल गरेका थिए भने झापा-११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए।
पहिलो हाफमा २-१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो भने दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे तर पनि सफलता हात पार्न सकेनन्।
योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ। झापा-११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगितामा विजयी आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापा-११ ले ६ लाख ५ हजार हात पारेको छ।
समापन समारोहमा झापा-११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८ २०:३४