ललितपुर । ललितपुर महानगरपालिका-७ सुन्धारास्थित एक सुविधा सम्पन्न फ्लेम्स क्याफे एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ।
अत्याधुनिक रूपमा सञ्चालिकत यस फ्लेम्स क्याफे एण्ड रेष्टुरेण्ट ले अब चाँडै नै औपचारिक रुपमा आफ्नो व्यावसायिकता शुभारम्भ गर्ने भएको छ।



यहाँ पाइने खानाको प्रकारमा मासुका परिकारहरु (नन–भेज) मा ग्राहकहरुलाई विशेष ध्यान केन्द्रित हुनेछ भने कुखुरा, वफ, पोर्कदेखि माछा मासुका परिकारहरु प्रायः शेफको आफ्नै रोजाईमा हुनेछ।



“हामीसँग धेरै सीमित निश्चित मेनु छ। अर्थात् कफी, चियादेखि मोमोज एण्ड चाउमीन्ससम्म र भातको परिकारसम्म हो हामी हरेक किसिममा हाम्रा विशेषताहरू दिइरहेका छौं।" फ्लेम्स क्याफे रेष्टुरेण्टका सञ्चालक जेशस प्रधान भने, "अन्य मेनुहरू साप्ताहिक वा दैनिक रूपमा परिवर्तन हुन सक्छ। त्यो शेफको विशेष हुनेछ यसकारण हामी भन्छाैं कि 'अनपेक्षित अपेक्षा गर्नुहोस्' मेनुमा के छ भनेर जान्न, आराम गर्नुहोस् र खानाको आनन्द लिनुहोस् र रमाइलो गर्नुहोस्।"



.jpg)








प्रकाशित मिति: मंगलबार, चैत १, २०७८ १६:२५