काठमाडौ । महालक्ष्मी विकास बैंक बैतडी, पाटन–४ शाखाले भुमेश्वर माध्यामिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाविच खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो।
भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न र खेलकुद विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा पाटनका शाखा प्रबन्धक बिजय शाहले बताए।
बैंकको यस सहयोगबाट विद्यार्थीहरु निकै उत्साहित भएको र खेलकुद विकासका लागि महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति विद्यालयका प्रधानाध्यापक बिरेन्द्रवहादुर चन्दले धन्यवाद ज्ञापन गरेका थिए।
काठमाडौको दरबारमार्गमा प्रधान कार्यालय रहेको यस विकास बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापहरुमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ।
बैंकले ग्राहकहरुको वैदेशिकयात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ।
समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।
कोभिड-१९ को जोखिमलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्गमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल समेत गरेको छ ।
महालक्ष्मी बिकास बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले “एकशाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आएको छ ।
अनि यो पनि :
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८ १८:३१