स्कूलिय जीवनदेखि राजनीतिमा सक्रिय सहभागिता रहेको कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकाका मेयर मंगलप्रसाद थारु भन्छन्–राजनीति भनेको विशुद्ध सामाजिक सेवा हो। पेशा होइन। सर्वसाधारण जनताको मन मस्तिष्कमा बस्न सफल मेयर थारु जनताको इच्छा र चाहना अनुसार काम गर्न सबैभन्दा जनप्रतिनिधिले निर्वाचनमा जाँदा जुन प्रतिबद्धता गरेका थिए। ती प्रतिबद्धता अनुसार जानुपर्छ।
सामान्यतया मानिसको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य, बाटोघाटो खानेपानी, वातावरण लगायतका आवश्यकताहरु जुन बढी महत्वपूर्ण छ त्यसमा ध्यान दिनुपर्छ। कुरा काम गर्दा जहिले पनि व्यक्तिगत निर्णयभन्दा सामुहिक निर्णयबाट काम गर्न सकियो भने विवादरहित ढंगबाट काम गर्न सकिन्छ। र जनताले पनि हाम्रो प्रतिनिधित्व, जनप्रतिनिधिले गरेको छ भन्ने अनुभव गर्न सक्छन्।
उदाहरणको लागि नगरपालिकाको हकमा नगरपरिषद् हुन्छ भन, वडामा पनि वडा परिषद्ले बजेटको व्यवस्थापन गर्नु पर्ने हुन्छ। हुन त केही वडाहरुले ऐन र नियमको परिधिभित्र रहेर स्थानिय सरकारको अवधारणा अनुसार काम गरिरहेका छन्।
यसरी प्राथमिकताको आधारमा वडा परिषद गरेर जनताको बीचबाट कार्ययोजना लान सकियो भने जनताले त्यो अनुभूति पक्कै गर्न सक्छन्। त्यसो त महिलाहरुको लागि विभिन्न तालिमहरुको व्यवस्था गरिएको जानकारी दिन्छन्। यसको अर्थ यो होइन कि तालिम तालिममा मात्र सिमित होस्। यही तालिमले गर्दा महिलाहरु आत्मनिर्भर भएको कुरालाई नकार्न सकिदैन।
‘महिलाको क्षेत्रमा पनि हामीले काम गर्दै आइरहेका छौं। महिलाहरुको लागि धेरै तालिमहरु दिदै आएका छौं। महिला हिंसा विरुद्धको अभियान, बालबालिकाको लागि हक अधिकार सुरक्षित गर्ने उद्धेश्यले बाल मैत्री स्थानिय शासन घोषणा भइसकेको छ। साबुन बनाउने, स्विटर बनाउने, डल बनाउने, सिलाईबुनाई, ब्यूटिपार्लर, बेकरी, चप्पल, चुरा, पोते जस्ता धेरै तालिमहरु सञ्चालन भएका छन्।‘ मेयर थारु ।
तालिम मात्र होइन अब आयआर्जनका काम पनि गर्नु पर्छ भनेर अगाडि बढिसकेको मेयर थारुको भनाइ रहेको छ। तालिम मात्र दिने होइन यसबाट आयआर्जनको लागि प्रोत्साहन पनि गर्दै आएका छौं उनी भन्छन्, ‘यसमा चाँहि हरेक समूहका महिलाहरु पर्नु हुन्छ।‘
यद्यपि वाणगङ्ंगा नगरपालिका एउटा यस्तो नगरपालिका हो, जसमा छाडा चौपायाहरुको पनि उचित व्यवस्था गरी कृषिमा आधारित नगरपालिका हो। अण्डा, मासु, दुध लगायतमा आत्मनिर्भर भएको छ। अब कपिलवस्तुका हरेक युवाहरु विदेश जान नपर्ने अवस्थामा विकास भएको पनि बताउँछन्।
त्यसको लागि स्वदेशमै आत्मनिर्भर हुने, आय आर्जनको लागि कृषिमा आधुनिकिकरण गरी कृषि व्यवसाय सञ्चालन भएको मेयर थारु बताउँछन्। यस नगरपालिकाका स्थानिय सर्वसाधारणको मुख्य समस्या भनेको खानेपानी नै हो। यसको पनि समाधान भइसकेको छ। गौशाला निर्माण पनि लगभग सकिएको अवस्था छ भने बसपार्कको पनि व्यवस्था भएको छ। त्यसो त फोहोरको उचित व्यवस्थापन गरी अर्गानिक मल बनाउने काम शुरु हुँदै गरेको जानकारी दिए।
काम गर्दा चुनौती पनि नआएका होइनन् तर ती चुनौतीलाई सधै आफूले अवसरको रुपमा लिएको बताउँछन्। किनकि पारिवारिक वातावरण नै राजनीति भएकोले हरेक समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको मेयर थारुले बताए।