काठमाडौ । सामाजिक कार्यलाई निरन्तरता दिदै महालक्ष्मी विकास बैंक साफेबगर शाखाले सामाजिक साफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमूना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ।
सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विशेष कार्यक्रमकाबिच स्वच्छ खानेपानीका लागि १ हजार र ५ सय लिटरको १/१ हिलट्यांक र डष्टविन हस्तान्तरण गरिएको हो।
प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले विद्यालयलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको महालक्ष्मी विकास बैंक शाखा कार्यालय साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिएको हो।
सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्रबहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए।
विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको बैंक “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु सञ्चालन गर्दै आइरहेको छ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ।
समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।
अनि याे पनि :
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८ १०:४३