भान्सा विर्सिँदै
युट्युबमा खाना खाएर
ट्वीटरमा गाना गाएर
रोदी घरलाई भुल्दै
टिकटकमा नाँच्छ उ
पृथ्वीमा होइन
आजकल
डिजिटल एजमा बाँच्छ उ
घर र समाजमा होइन
प्रायस् फेसबुक मै हुन्छ उ
पीडितको दुःखमा रुन छोड्यो
उसले
आजकल मेसेन्जरमा रुन्छ उ
आजभोलि उसको आफन्त
कोही छैन
गार्हो छ थाहा पाउन
उ सामाजिक प्राणी हो कि होइन
र त खुशी त्यागेर
अनलाइनमा हाँस्छ उ
धाएर पहिचान नगरी
माया पिरती पनि
ईन्टरनेटमा गास्छ उ
आजकाल उसको सूर्य
पूर्वबाट न उदाएर
ह्वाट्स अपमा उदाउँछ
बाटो विर्सिएर आजकल
उसले
आफ्नो मनलाई
भाइवरमा कुदाउँछ
भान्सा विर्सिदै
युट्युवमा खाना खाएर
ट्वीटरमा गाना गाएर
रोदी घरलाई भुल्दै
टिकटकमा नाँच्छ उ
पृथ्वीमा होइन
आजकल डिजिटल एजमा
बाँच्छ उ
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८ १६:२३