काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेड बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत जालपा माध्यामिक विद्यालयलाई प्रतिक्षालय निर्माण गरी हस्तान्तरण गरेको छ।
जलपा माध्यमिक विद्यालयको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई प्रतिक्षालय निर्माणपछि हस्तान्तरण गरिएको बैंकका बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी गराएको हो।
काठमाडाै दरवारमार्गमा केन्द्रिय कार्यालय रहेकाे बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई घामपानीबाट बच्न सजिलो होस् भन्ने उद्देश्यले प्रतिक्षालय निर्माण गरेको हो।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक उत्तमबहादुर मल्लले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गर्दै आएकोमा बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको छ।
आगामी दिनहरुमा पनि यसैगरी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ।
समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८ १८:३२