काठमाडौं। कोरोनाको महामारीमा क्यालेन्डरवाट सार्वजनिक जनचेतना बढाउने कार्यको शुरुवात भएको छ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालको फोटोग्राफी तथा प्रकाशनमा कोरोनाभाइरसको क्यालेन्डरवाट सार्वजनिक रुपमा पहिलो पल्ट जनचेतना बढाउने कार्य भएको हो।
विश्वमा पहिलो पल्ट क्यालेन्डर मार्फत जनचेतना अभिबृद्धि गर्ने कार्य फोटोग्राफर सुवालको क्यालेन्डरवाटै भएको छ। नेपाल संवत ११४१ नयाँ बर्षको अवसरमा प्रकाशित यो बर्षको क्यालेन्डरको विषय नै कोरोनाभाइरसको सचेतना रहेको छ।
जसमा शताव्दी पुरुष सत्यमोहन जोशी, कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ, गोल्डेनभ्वाइस प्रेमध्वज प्रधान, कमेडी किङ मदनकृष्ण श्रेष्ठ, नेपालभाषाविज्ञ डा.चुन्दा बज्राचार्य र मिस नेवा सुनिता डंगोलका परम्परागत मौलिक पहिरन सहितको फोटो अनि ती ६ स्रष्टाका हस्तलिखित कोरोनाभाइरस सचेतना सन्देश क्यालेन्डरमा उल्लेख छन्।
तिथिमिति, गते तथा तारिख सहितको नेपाल संवत ११४१ कोरोनाभाइरस सचेतनात्मक क्यालेन्डर ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालको अतुलनीय सिर्जना हो।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७ २०:२३