काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताएको छ।
गोरखा सदरमुकाममा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरेको हो।
आगामी वर्ष हुने तीनै तहको निर्वाचनमा सोचविचार पु¥याएर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरेका हुन्।
“गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्”, अध्यक्ष लिङ्देनले भने।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८ १९:५६